तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा लम्सालको मृत्यु, २ जना गम्भीर घाइते
तनहुँ | बैशाख ४, २०८२
तनहुँको शुक्लागण्डकी नगरपालिका ४ गल्छीमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी ३ का करिब १९ वर्षीय रोमन लम्साल रहेका छन् ।
खैरेनीटारतर्फ जादै गरेको लु १४ प २२४७ नम्बरको मोटरसाइकल र दुलेगौंडातर्फ जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल गएराती एकापसमा ठक्कर खाएका थिए ।
सोही क्रममा दुलेगौडातर्फ जादै गरेको मोटरसाइकलका चालक लम्साल गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारकालागि जिपी कोइराला राष्ट्रिय श्वासप्रस्वाश केन्द्र लगिएको थियो ।
लम्साललाई त्यसपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै अर्का मोटरसाइकलमा सवार शुक्लागण्डकी ४ कार सुशान आले र सोही वडाकै निश्चल गुरुङपनि गम्भीर घाइते भएको बताइएको छ ।
काठमाडौं: नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...
पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको ...

